Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

साउथका चर्चित नायक अल्लु अर्जुनको मुख्य भूमिका रहने चलचित्र ‘पुष्पा’को छायांकनको तयारी भैरहेको छ । भारतमा लक डाउन खुलेसँगै यो चलचित्रको छायांकन सुरु हुनेछ । यो चलचित्रमा एक्सन दृश्यका लागि महंगो रकम खर्च गर्न लागिएको भारतीय मिडियाले बताएका छन् । भारतीय मिडियाका अनुसार, ६ मिनेट लामो एक्सनको दृश्यका लागि मात्रै ६ करोड रुपैयाँ खर्च गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।

यो चलचित्रको निर्माणका लागि कुनै पनि विदेशी प्राविधिकलाई काम नगराउने तयारी गरिएको छ । भारतीय मिडियाका अनुसार, सबै भारतीय प्राविधिकले नै यो चलचित्रमा काम गर्नेछन् । यो चलचित्र अल्लु अर्जुनको करिअरका लागि पनि महत्वपूर्ण छ । किनकी, यो चलचित्र भारतका सबै भाषामा रिलिज हुनेछ । हिन्दी भाषामा समेत रिलिज हुने यो चलचित्रले अर्जुनलाई भारतभर लोकप्रिय बनाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.