Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

पाकिस्तानी सरकार इस्लामिक समूहको अगाडि झुक्नु परेको छ । कोरोनाभाइरसको संक्रमण रोक्नका लागि रमजानको महिनामा पाकिस्तानले मस्जिदमा समूहमा नमाज पढ्न प्रतिबन्ध लगाएको थियो तर अब त्यहाँको सरकारले निर्णय फिर्ता लिएको छ । यसै हप्ता संसारभरी रमजानको महिना सुरु हुँदैछ । रमजानको महिनामा बेलुका संसारभरीका मुसलमान मस्जिदमा एकैसाथ नमाज पढ्छन् ।

धार्मिक नेतासँग स्थापित भएको सरकारको सहमती अनुसार ५० वर्षमाथिका मानिस, बालबच्चा र जसमा फ्लूको लक्षण देखिएको छ, उनीहरुलाई मस्जिदमा आउन दिइनेछैन । साथै, मस्जिदको कार्पेट हटाइनेछ भने भुईं सफा गरिनेछ । व्यक्तिबीच उचित दुरी कायम राखिनेछ । फेस मास्क पनि लगाउनुपर्नेछ । हात मिलाउन र अँगालो हाल्न पनि प्रतिबन्ध लगाइनेछ । प्रशासनको तर्फबाट जारी गरिएको निर्देशन टुटेको खण्डमा उक्त निर्णय पुनर्विचार गरिनेसमेत बताइएको छ । यसअघि पाकिस्तानको मस्जिदमा नमाजमा रोक लगाइएको थियो र अर्को आदेशसम्म यसमा प्रतिबन्ध लगाइएको थियो । यद्यपि, यसको पनि कम पालना भइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed