Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

२०७७ बैशाख ७, पर्सा । पर्सागढी नगरपालिका–५ पचरुखी टोलस्थित राहत वितरण गर्ने स्थानमा राहत वितरण गर्ने व्यक्तिमाथि हातपात गरी राहत सामग्री लुटपाट गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही टोल बस्नेहरु २८ वर्षीय श्याम कुमार शर्मा, १८ वर्षीय सम्सुल हवारी, २२ वर्षीय चन्द्रकिशोर साह, ४० वर्षीय चन्द्रिका पटेल र ५५ वर्षीय दर्शन रायभर रहेका छन् ।

उक्त टोलमा ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने मानिसहरुलाई राहत वितरण गर्ने क्रममा उनीहरुले राहत लिन आउने व्यक्तिहरुलाई जोर–जुलुम, हो–हल्ला तथा राहत बाँड्ने व्यक्तिमाथि हातपात गरी केही राहतका सामग्रीहरु समेत लुटपाट गरेर लगेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कर्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.