Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

उत्तर कोरियाले आफ्नो देशमा एकजना पनि कोरोनाभाइरस संक्रमित नभएको दाबी गर्दै आएको छ । यद्यपि, सरकारले यो भाइरसको संक्रमणबाट बच्नका लागि विभिन्न नियम बनाएको छ । उत्तर कोरियाले कोरोनाभाइरसबाट बच्नका लागि के गर्नुपर्छ भनेर आफ्ना नागरिकलाई थुप्रै निर्देशन दिएको पनि छ । सरकारले डाक्टरको सल्लाहबिना कुनै पनि औषधी नखान र आफूलाई मनलाग्दो गरी एन्टिभाइरल औषधी पनि नखान भनेको छ । मानिसहरुलाई रक्सी नपिउन पनि सल्लाह दिइएको छ किनभने यसले रोग प्रतिरोधी क्षमता कम गराउँछ । साथै, मानिसहरुलाई रोग प्रतिरोधी क्षमता बलियो बनाउन पारम्परिक तरिका पनि पालना गर्न सुझाइएको छ । साथै, उत्तर कोरियाले आफ्ना जनतालाई लसुन, प्याज र महलाई आफ्नो खानपिनमा धेरैभन्दा धेरै समावेश गर्न सल्लाह दिएको छ । यसका साथै मास्क लगाउन पनि सल्लाह दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.