Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले संसारका धेरैजसो देश लकडाउनका स्थितीमा छ । लकडाउन अर्थात् बन्दाबन्दी । यतिबेला संसारभरीका करिब ३ सय करोड जनता घरभित्र बन्द छन् । कतिले यो समयलाई मौकाको रुपमा हेरेका होलान् तर कतिका लागि भने यो समय दुर्दशा झैं बनेको पनि छ किनभने धेरैको रोजीरोटी गुम्ने खतरामा छ । जेनेभास्थित अन्तर्राष्ट्रिय लेबर अर्गनाइजेशनले कोरोनाभाइरस फैलिएका कारण जुन लकडाउनको स्थिती छ त्यसले एक अर्बबढी मानिसहरुको रोजगारी खतरामा भएको जानकारी दिएको छ । यो लकडाउनले थुप्रैको तलब पनि काटिने खतरा सृजना भएको उक्त संस्थाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.