Breaking News.... EverestOnlineKhabar
June 15, 2026

Loading

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउने सुझाव आफ्ना लागि नभएको भन्दै मास्क प्रयोग गर्न अस्वीकार गरेका छन् । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले हरेक अमेरिकीलाई घर बाहिर निस्कँदा मास्क लगाउन वा रुमाल मुख छोप्न आग्रह गर्दै नयाँ स्वास्थ्य सुझाव जारी गरीरहँदा ट्रम्पले भने मास्क प्रयोग नगर्ने बताएका छन् । उनी कोरोना भाइरस टास्क फोर्सको शुक्रबारको नियमित ब्रिफिङ्गमा मास्कबिनै प्रस्तुत भएका थिए ।

आफू मास्क लगाएर राष्ट्रपति कार्यालयमा हुने विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, राजा, महारानीहरुसँगको भेटमा प्रस्तुत हुने कल्पनासम्म नगरेको ट्रम्पले बताएका छन् । राष्ट्रपति ट्रम्पले मास्कका सम्बन्धमा सिडसीले शुक्रबार जारी गरेको सुझाव स्वइच्छामा आधारित रहेको बताएका छन् । ‘तपाईंहरुले पनि यसको पलना गर्नु पर्दैन । मलाई लाग्दैन कि मैले पनि यसको पलाना गर्नेछु,’ ट्रम्पले भने, ‘ मास्क लगाउने सुझावहरु मेरा लागि हैनन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.