![]()
अमेरिकाले तीन लाख बटाभन्दा बढी मास्क चोरेको जर्मनीले आरोप लगाएको छ । जर्मन लैजान ठिक्क पारिएका तीन लाख बटाभन्दा बढी मास्क अमेरिकातर्फ लगिएपछि जर्मनीले अमेरिकामाथि ‘आधुनिक डकैती’ को समेत संज्ञा दिएको छ । जर्मन मन्त्री गिजेलले त्यसरी बर्लिन ल्याउन लागिएको मास्कलाई अन्यत्र लगिनु ‘आधुनिक डकैती’ सरह भएको बताए । उनले ट्रम्प प्रशासनलाई व्यापारका नियम मान्न भनेका छन् विश्वव्यापी महामारीले संकट भएकाबेला जबरजस्ती नगर्न पनि उनले चेतावनी दिएका छन् । बर्लिनस्थित एक स्थानीय सरकारले अमेरिकामा बनाइएका ती मास्क ब्याङ्ककमा जफत गरिएको बताएको छ ।
बर्लिनको प्रहरीका निम्ति मगाइएका ती एफएफपीटू मास्क गन्तव्य पुग्न नपाएको बीबीसीले जनाएको छ । बर्लिनका आन्तरिक मामिलामन्त्री आन्द्रियास गिजेलले ती मास्क अमेरिकातर्फ लगिएको ठानिएको बताएका छन् । मास्क निर्माता अमेरिकी कम्पनी थ्री एमलाई कोरियाली युद्धताका निर्मित कानुनको उपयोग गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उत्पादन अन्य देशमा निर्यात गर्नबाट प्रतिबन्ध लगाइदिएका थिए । ट्रम्पका अनुसार झन्डै दुई लाख एन ९५ रेस्पिरेटर मास्क, एक लाख ३० हजार सर्जिकल मास्क तथा छ लाख पन्जा जफत गरेर अमेरिकी अधिकारीहरूले कब्जामा लिएका छन् ।


