Breaking News.... EverestOnlineKhabar
June 15, 2026

Loading

२०७६ चैत २२, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज चार देशका जहाजले चार्टर्ड उडान गर्दैछन् । जर्मनी र फ्रान्स दूतावासले कतार एयरको दुई जहाज चार्टर्ड गरी आफ्ना नागरिक लैजाने तयारी गरेका छन् । उनीहरुलाई लिन दुबै जहाज काठमाडौं आइसकेका छन् । त्यस्तै, मलेसियाको मालिण्डो एयर, चेक रिपब्लिकन र श्रीलङ्कन एयरले आज चार्टर्ड उडान गर्ने विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।

कतार एयरवेजको जहाज शनिबार दिउँसो दोहाहुँदै पेरिस पुग्ने तालिका रहेको विमानस्थलले जनाएको छ । आजै मलेसियाले नेपालमा रहेका आफ्ना नागरिकलाई मलेसिया एयरलाइन्सबाट फिर्ता लैजानेछ । नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा रहेका नागरिकलाई काठमाडौँ जम्मा गरी सम्बन्धित मुलुक फर्कनका लागि सहजीकरण गरिरहेको छ ।

नेपालमा रहेका विदेशी नागरिकलाई उनीहरुकै मुलुक फर्काउन धमाधम चार्टर्ड उडान गरिरहेका छन् । लकडाउनका कारण रोकिएका विदेशीलाई लैजान सम्बन्धित मुलुकको दूतावास मार्फत् नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्डसँगको समन्वयमा ती मुलुकले आफ्ना नागरिक चार्टर्ड उडान मार्फत् लगिरहेका हुन् । लकडाउनको आज १२औँ दिनको अवधिसम्म एक हजार पाँच सयभन्दा बढी विदेशी नागरिक फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.