Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

कोरोनाभाइरस संक्रमितको मृत्युको सन्दर्भमा इटालीले चीनलाई उछिनेको छ । समाचार एजेन्सीहरुका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ । चीनमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको तुलनामा यो संख्या १५६ ले बढी हो । इटालीको नागरिक सुरक्षा एजेन्सीका अनुसार इटालीमा कोरोना संक्रमितको संख्या ४१ हजार ३५ पुगेको छ । तीमध्ये ५ हजार ३ सय २२ नयाँ संक्रमित रहेको बताइएको छ । चीनमा भने पछिल्लो समय नयाँ संक्रमितको संख्या शुन्य भएको छ । लगातार दोस्रो दिन चीनमा नयाँ संक्रमित नदेखिएको हो । चीनमा कोरोनाको फैलावट पूर्ण रुपमा नियन्त्रणमा आए पनि विदेशबाट आएकाहरुमा भने संक्रमण पाइएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed