Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

भारतको उडिसा राज्यमा आपतकाल घोषणा गरिएको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै उडिसा राज्यको मन्त्रिपरिषद बैठकले शुक्रबार आपतकाल घोषणा गरेको हो । आपतकाल घोषणा गर्दै उडिसाका मुख्यमन्त्री नविन पटनायकले राज्य विधानसभामा भने, बिहान बसेको मन्त्रिपरिषद बैठकले आपतकालीन ऐन २००५ को प्रावधान अनुसार कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै आपतकाल घोषणा गर्ने निर्णय गरेका छौं ।’

उनले महामारी रोक्न पर्याप्त मात्रामा जनशक्ति परिचालन गरिएको समेत बताएका छन् । उडिसामा महामारीलाई मध्यनजर गर्दै ३१ मार्चसम्मका लागि सम्पूर्ण शैक्षिक संस्था, सिनेमा हल, स्वीमिङ पुलहरु समेत बन्द गर्ने घोषणा यसअघिनै गरिसकिएको छ । भारतमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ७७ जना संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed