Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन ३०, काठमाडौँ– संसदको लेखा समितिले जिटुजी मोडेलबाट फ्रान्ससँग सेक्युरिटी प्रिन्टर खरिद गर्ने प्रक्रिया रद्द गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको बैठकले जिटुजी मोडेलबाट खरिद गर्दा लागत बढाएर ठूलो आर्थिक अनियमिताको चलखेल भएकोले उक्त प्रक्रिया रद्द गर्न निर्देशन दिएको हो । सरकारलाई सेक्युरिटी प्रिन्टर आवश्यक भए ग्लोबल टेण्डर (खुला प्रतिस्पर्धा)को प्रक्रिया अपनाउन पनि समितिले निर्देशन दिएको छ ।

यस्तै समितिले पूर्वमन्त्री गोकुल बाँस्कोटाले मन्त्री पदमा रहँदा सेक्युरिटी प्रिन्टर खरिदका विषयमा कमिसनको मोलतोल गरेको अडियोबारे पनि सत्य तथ्य छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । जिटुजी मोडलबाट सरकारले सिधै सामान खरिद गर्ने विषय बढी विवादित भएकोले यसबारे अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडा र मुख्य सचिव लगायत जिम्मेबार पदाधिकारीसँग छलफल गर्ने निर्णय पनि लेखा समितिको आजको बैठकले गरेको छ । यसअघि वाइडबडी खरिद गर्दा र अहिले सेक्युरिटी प्रिन्टर खरिद प्रक्रियामै ठूलो अनियमितता भएकोले त्यसबारे जिम्मेबार पक्षसँग छलफल आवश्यक रहेको समितिको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed