![]()
२०७६ फागुन ३०, जनकपुरधाम– मदिराको सेवनबाट होली पर्वका दिन धनुषामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अत्याधिक मदिरा सेवनको कारण क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयाका ५ जना र औरही गाउँपालिका २ परवाहा टोलमा एक जना गरी ६ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रमदैयाका राजु महरा, रामनारायण महरा, गुदरी महरा, बिलास मण्डल, ब्रम्हदेव यादव र परवाहाका गिरिजानन्द झा रहेका छन् । मदिरा सेवन गरेका रमदैयाका ३ जनाको बिहीबार दिउँसो र २ जनाको राति मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।


