![]()
२०७६ फागुन ३०, काठमाडौँ – देशभर शुक्रबारको मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी तथा मध्य भूभागका केही स्थानहरूमा र पूर्वी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । देशका अधिकांश उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात को सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
महाशाखाका अनुसार देशभर शुक्रबार राति सामान्य देखि पूर्ण बदली रहनेछ । पश्चिमी भूभाग लगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ् र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात को सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको मौसमविद्ले उल्लेख गरेका छन् ।


