![]()
२०७६ फागुन २०, बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले झापाको बिर्तामोडमा हुन लागेको प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । कोरोना भाइरस संक्रमणको त्रासका कारण पार्टीले कार्यक्रम स्थगित गरेको हो । सरकारले सभा सम्मेलन लगायतका कुनै पनि कार्यक्रम नगर्न सबैलाई आह्वान गरेकाले प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण स्थगित गरिएको प्रदेश १ का नेकपा अध्यक्ष देवराज घिमिरेले बताए । सरकारको निर्णयअनुसार भेला तथा प्रशिक्षण हाललाई स्थगित गरिएको बताए । आज फागुन २० गते प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम रहेको थियो ।


