![]()
एजेन्सी । भारतको दिल्ली र तेलंगानामा कोरोना भाइरसको संक्रमण एक एक जनामा पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार दिल्लीमा कोरोना भाइरसको संक्रमण भएको व्यक्ति केही दिन अघि इटालीबाट फर्किएका थिए । यस्तै तेलंगानामा संक्रमित युवक भने दुबइबट आएका थिए । यसपछि स्वास्थ्यमन्त्री डा. हर्षबर्धनले भारतीय नागरिकलाई चीन, इरान, कोरिया, सिंगापुर तथा इटाली नजान सुझाव दिएका छन् ।
उनले कोरोनाको माहामारी फैलिन सक्ने सम्भावना धेरै भएको हु्ँदा अन्य देशमा भ्रमणका लागि यात्रा प्रतिबन्ध लगाउन सकिने बताइएको छ । उनका अनुसार २१ हवाइ अड्डा, १२ बंदरगाह तथा ६५ सानो बंदरगाहमा यात्रुहरुको स्क्रिनिङ भइरहको छ । अहिलेसम्म हवाइ हड्डामा पाँच लाँखभन्दा बढी यात्रीको जाँच गरि सकिएको छ । सानो र ठूलो बन्दरगाहमा १२ हजार ४ सय ३१ यात्रुहरुको जाँच गरिएको छ । २३ मानिसको नमूना जाँचको लागि पठाइएको छ । उनीहरुको रिपोर्टको आउन बाँकी छ ।


