![]()
२०७६ फागुन १९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले सफल शल्यक्रिया र स्वास्थ्य लाभको कामना गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले समाजिक सञ्जालमार्फत सो शुभकामना दिएका हुन् । मोदीले पशुपतिनाथको कृपा रहोस् भन्ने कामना गर्दै सुस्वास्थ्य, सुख र दीर्घायूको पनि कामना गरेका छन् ।


