Breaking News.... EverestOnlineKhabar
April 19, 2026

पादरीहरुले घटना लुकाउँदा कोरोनाको संक्रमण फैलिएको भन्दै दक्षिण कोरियाका धार्मिक नेतामाथि छानबिन सुरु

Loading

दक्षिण कोरियाली सरकारले चर्चका पादरीहरुले घटना लुकाउँदा कोरोनाको संक्रमण फैलिएको भन्दै छानबिन सुरु गरेको छ । सिञ्चेओन्जी चर्चले सङ्क्रमितको नाम लुकाएपछि कोरिया सरकारले धार्मिक सम्प्रदायका नेताहरुमाथि अनुसन्धान थालेको बीबीसीले जनाएको हो । आफूलाई जीसस क्राइष्टको दोस्रो अवतार घोषणा गरेका पादरी म्यान हिका भक्तजनहरुले आफूहरु मरेपछि पादरीले स्वर्गमा पुर्याउने विश्वास गर्दै भाइरस सङक्रमण सारेको कोरिया सरकारको आरोप छ ।

राजधानी सियोलको स्थानीय सरकारले चर्चका संस्थापक म्यान ही र अरु ११ जनामाथि अनुसन्धान थाल्न निर्देशन दिएको बीबीसीले जनाएको छ । अहिलेसम्म दक्षिण कोरियामा कोरोना संक्रमणबाट २२ जनाको ज्यान गएको छ भने ३ हजार ७ सय ३६ जनामा संक्रमण भएको बीबीसीले जनाएको छ । दक्षिण कोरियामा सङ्क्रमितको संख्या हरेक घण्टा बढिरहेको कोरियाली सञ्चार माध्ययमले जनाएका छन् । अहिले चीनपछि दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको अवस्था सबैभन्दा खराब रहेको छ ।

यसैबीच कोरोना सङ्क्रमणबाट संसारभर ज्यान गुमाउनेको संख्या तीन हजार ५३ पुगेको छ । संसारभर ८९ हजारभन्दा धेरै कोरोना संक्रमित भएका छन् भने ४५ हजार १ सय ३० जना उपचारपछि निको भएर घर फर्किएका छन् । चीनको वुहानबाट सुरु भएको कोरोना सङ्क्रमण ६५ भन्दा धेरै देशमा फैलिसकेको छ भने विश्व स्वास्थ्य संगठनले विश्वव्यापी समस्या ल्याएको भन्दै उच्च सतर्कता अपनाउन विश्वका सबै देशलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed