Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

२०७६ फागुन १५, लमजुङ । सात महिनामा विभिन्न मुद्दाका नौ प्रतिवादी यहाँबाट फरार भएका छन् । बेँसीशहरमा रहेको जिल्ला अदालतले विभिन्न मुद्दामा कैद तथा जरिवानाको फैसला गरेका ती प्रतिवादी फरार रहेको अदालतका श्रेस्तेदार जगतबहादुर भण्डारीले जानकारी दिए । लागुऔषध, नकबजनी चोरी, जबर्जस्ती करणी, बालविवाह, अवैधरूपमा काठ ओसारपोसारलगायतका मुद्दाका ती पुरुष प्रतिवादी फरार रहेको उनले बताए । त्यस्तै गत आव २०७५÷७६ मा विभिन्न मुद्दाका १२ प्रतिवादी फरार रहेका थिए । फरारमध्ये कर्तव्य ज्यान, बालविवाह, लागुऔषध, नकबजनी चोरी, अवैधरुपमा काठ ओसारपोसार, जबर्जस्ती करणीलगायतका मुद्दाका रहेको थिए । उनका अनुसार फरार प्रतिवादी सबै पुरुष छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed