Breaking News.... EverestOnlineKhabar
April 21, 2026

पेटमा रहेको बच्चा र गर्भवती दुवैको मृत्युपछि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान तनावग्रस्त

Loading

२०७६ फागुन १५, इटहरी– सुत्केरी गराउन लगिएकी महिलाको मृत्यु भएपछि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तनावग्रस्त बनेको छ । चिकित्सकको लापरवाहीका कारण इटहरीकी लक्ष्मी बुढाथोकी र उनको पेटमा भएको बच्चाको मृत्यु भएको भन्दै आफन्तले अस्पताल प्रशासन घेराउ गरेका छन् । बिहीबार बिहान २८ वर्षीया लक्ष्मी बुढाथोकीको मृत्यु भएको थियो । उनलाई गत फागुन १२ गते सुत्केरी गराउनका लागि प्रतिष्ठानको प्रसूति वार्डमा आफन्तले भर्ना गरेका थिए ।

लामो समयसम्म सुत्केरी व्यथा लाग्दा पनि समयमै अस्पतालले सुत्केरी नगराएकाले बच्चा पेटमै मरेको र आमाको पनि अस्पतालमै मृत्यु भएको आफन्तको आरोप छ । आमा र बच्चा दुवैको मृत्युको कारण प्रसूति गराउन ल्याइएकी बिरामीलाई समयमै चिकित्सकले नहेरेको तथा लापरवाही गरेका कारण आमा र बच्चा दुवैको ज्यान गएको मृतकका मामा ससुरा गणेश चौहानले बताए । प्रतिष्ठानमा प्रसूति गराउन नसक्ने भए अन्त सिफारिस गर्नुको साटो त्यत्तिकै यहाँ राखिएका कारण आमा र बच्चा दुवैको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।

बिहीबार बिहान मृतकका आफन्तलाई प्रतिष्ठान प्रशासनले वार्ताका लागि अडिटोरियम हलमा बोलाएको भए पनि प्रतिष्ठानका पदाधिकारी समयमै नआएका कारण वार्ता नभएको आफन्तले बताएका छन् । अहिले वार्ता भइरहे पनि वार्ताको पूरा विवरण आइसकेको छैन । वार्तामा प्रतिष्ठानका डा. अर्चना ठाकुर, डा रोहित रिजालसहितको टोली छ भने मृतकका तर्फबाट आफन्त सहभागी रहेका बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed