![]()
२०७६ फागुन ५, जनकपुर । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । जनकपुरधाम उपमहानगरपालिकामा बस्ने ४० वर्षीय महिलालाई सोमबार ४ जना यूवक मिलेर सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो । बलात्कार गर्नेहरुमध्ये २ जना प्रहरी नियन्त्रणमा रहेको जिप्रका धनुषाले जनाएको छ । बलात्कार गरेको आरोपमा पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका वडा नम्बर ७ का २५ नरेश महतो र भारत विहारका ४९ वर्षीय राघवेन्द्रकुमार सिंह रहेको प्रहरी निरीक्षक अशोक झाले जनाए । फरार रहेका २ जनाको खोजी कार्य भइरहेको प्रहरी निरिक्षक झाले जानकारी दिए ।


