Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

२०७६ माघ २१, काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का लागि चन्दा शंकलन गर्ने मुख्य व्यक्ति पक्राउ परेका छन् । प्रहरीको विशेष ब्यूरोको टोलीले विप्लव समूहको जनसम्पर्क समितिका केन्द्रीय कोषाध्यक्ष अर्जुन कटुवालाई पक्राउ गरेको हो । विशेष ब्यूरो स्रोतका अनुसार कटुवाललाई कलंकीस्थित उनको निजी कार्यालयबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार कटुवाल विप्लव समूहका लागि चन्दा संकलन गर्ने मुख्य व्यक्ति हुन् । प्रहरीले उनको कोठाबाट विभिन्न व्यक्ति तथा संस्थाबाट चन्दा संकलन गर्नका लागि काटिएका रसिद र महत्वपूर्ण कागजात समेत बरामद गरिएको जनाएको छ । सिन्धुली स्थायी घर भएका कटुवालको काठमाडौंको चुनदेवीमा घर छ । उनी हेभी इक्विभमन्ट महासंघका सचिव समेत रहेका जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed