Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

२०७६ माघ २१, काठमाडौं । आईसीसी विश्कप लिग–२ अघि अभ्यास खेलमा नेपाली स्पिनरहरुको उत्कृष्ट बलिङसँगै अमेरिकाको राष्ट्रिय टोली नेपाल अध्यक्ष–११ सँग ३७ रनले पराजित भएको छ । नेपाल–११ ले प्रस्तुत गरेको १ सय १२ रनको लक्ष्य पक्ष्याएको अमेरिका ३३.२ ओभरमा ७४ रनमा अल आउट भयोे । अमेरिकाका स्टिभ टेलरले सर्वाधिक २८ रनको योगदान दिए । त्यस्तै तिमिल पटेलले २० रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । अमेरिकाका ९ खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । सामान्य लक्ष्यमा पनि नेपालको जित पक्का गर्न स्पिनर शेर मल्ल, सागर ढकाल र पवन सरार्फले उत्कृष्ट बलिङ गरे ।

शेर मल्लले ७.२ ओभरमा १ मेडन सहित १३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै सागर ढकालले ८ ओभरमा ३ मेडन सहित १३ रन खर्चेर ३ विकेट लिए । पवन सरार्फ २ र भुवन कार्कीको नाममा १ विकेट रह्यो । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपाल अध्यक्ष ११ को ३३.५ ओभरमा १ सय ११ रनमा अल आउट भएको थियो । विकेटकिपर सुवास खकुरेल ८९ बलमा ५ चौका सहित ५२ रनमा अविजित रहे ।

पवन सरार्फ ४२ बलमा ४ चौका सहित १९ रनमा आउट हुँदा अन्य ९ खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । ओपनर शरद भेषवाकर ७, सुनिल धमला ५, सन्दीप जोरा ६, लोकेश बम ४, भुवन कार्की २, शेर मल्ल १ रन जोड्दा प्रतिश जिसी, कुशल मल्ल, किशोर महतोले खाता खोल्न सकेनन् । अमेरिकाका स्पिनर तिमिल पटेलले ६.५ ओभरमा १ मेडन सहित १५ रन खर्चेर ५ विकेट लिए । करिमा गोर र एल्मोर हचिनसनले २ विकेट लिए । नेपालले पहिलो खेल बुधबार ओमानसँग खेल्ने छ । दोस्रो खेलमा नेपालले अमेरिकासँग माघ २५ गते शनिबार खेल्ने छ । नेपालले ओमानसँग माघ २६ र अमेरिकासँग माघ २९ गते प्रतिस्पर्धा गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed