Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ माघ २१, काठमाडौं । प्रतिनिधिसभा सभामुखमा निर्वा्चित अग्निप्रसाद सापकोटालाई नेपालका लागि जापानी राजदूत मासामिचो साइगोले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । सङ्घीय संसद् सचिवालयस्थित सभामुखको कार्यालयमा पुगेर राजदूत साइगोले जापानी, जापान सरकार र त्यहाँको संसद् डायटका तर्फबाट सभामुख सापकोटालाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका हुन् । भेटवार्तामा उनीहरुबीच दुई देशबीचको सम्बन्ध र आपसी हितका विविध पक्षमा विचारविमर्श भएको सभामुखको निजी सचिवालयबाट थाहा भएको छ । नेपालको आर्थिक विकासमा महत्वपूर्ण साझेदार जापानले खासगरी पूर्वाधार निर्माण, प्रविधि हस्तान्तरण र शिक्षाका क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।

संसदीय प्रतिनिधिमण्डलबाट बेलाबेलामा हुने भ्रमणले दुई देशबीच ६ दशक लामो सम्बन्धलाई थप प्रगाढ तुल्याउन योगदान पु¥याउँदै आएको विषयमा पनि उनीहरुले स्मरण गरेका थिए । भेटका अवसरमा सभामुख सापकोटाले नेपालको विकासमा जापानबाट प्राप्त निरन्तर सहयोगप्रति धन्यवाद ज्ञापन गरे । राजदूत साइगोले केही समयअघि जापानी संसदीय महिला प्रतिनिधिमण्डबाट भएको नेपाल भ्रमणको प्रसङ्ग उल्लेख गर्दै नेपालको संविधान प्रगतिशील र समावेशिताका हिसाबले उच्च कोटिको रहेको प्रतिक्रिया आफूले पाएको बताए । यसअघि उनी सभामुखमा निर्वा्चित भएकामा भारत र चीनका तर्फबाट बधाई ज्ञापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed