![]()
२०७६ माघ १६, काठमाडौं । मानव वेचविखनको आरोपमा दक्षिणकाली नगरपालिकाका–४ का वडाअध्यक्ष पुस्कर खड्कासहित ३ जना पक्राउ परेका छन् । खड्का नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् । महानगरिय प्रभाग सानेपा र महानगरिय प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले माघ १० गते सानेपाको एक घरबाट खड्कासहित तीनजनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्ने अन्यमा काठमाडौँ महानगरपालिका वडा नं. १६ का वृजगोपाल श्रेष्ठ र भारत मोतिहारी चकिया विहार घर भई हाल ललितपुर महानगरपालिका–२ का नबल ठाकुर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई माघ १० गते १२ः३० बजे नियन्त्रणमा लिएको र जिल्ला अदालत ललितपुरबाट मानववेचविखन मुद्दामा थप अनुसन्धान गर्न ९ दिनको म्याद थप भएको महानगरिय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए ।


