![]()
अमेरिकी गायिका सेलेना गोमेजले पूर्व प्रेमी तथा चर्चित पप गायक जस्टिन बीबरसँग सम्बन्धमा रहँदा शोषणको सिकार भएको खुलासा गरेकी छिन् । उनले बीबरसँग सम्बन्धमा रहँदा गोमेजलाई ‘भावनात्म शोषण’ गरेको बताएकी हुन् । सीएनएन डट कमको एक रिपोर्टको अनुसार पोर्टल एनपीआरसँगको साक्षात्कारमा गोमेजले बीबरसँगको सम्बन्धमा भएको खटपट र २०१८ मार्चमा उनीसँगको ब्रेकअपको बारेमा चर्चा गरेकी थिइन् ।
उनले भनिन्, ‘मलाई त्यही कुराबाट हिम्मत जुटेको थियो । एकजना पीडित मानसिकतालाई लिएर हिँडिरहनु निकै खतरनाक हुन्छ । र अपमानित भएको महसुस नगरी भन्न चाहान्छु कि म दुर्व्यवहारको सिकार भएकी थिए ।’ ‘के तपाईं भावनात्मक शोषणको सिकार हुनुभएको हो त ?’ भन्ने प्रश्नको जवाफमा उनले भनिन्, ‘हो, मेरो गीत ‘लुज यु टु लव मी’ पनि बीबरसँगको विछोडको पीडापछि नै गाएकी हुँ । तर मलाई यसमा निकै गर्ब छ ।’
उनले अगाडि भनिन्, ‘यो गीतले मेरो लागि बेग्लै अर्थ राख्छ । मलाई लागेको थियो मेरो जीवनमा सबै कुराहरु सम्मानपूर्वक समाप्त भएन र मैले त्यसलाई स्वीकार पनि गरेकी थिए । तर, मलाई थाहा छ केही कुराहरु यस्ता थिए जुन मैले पहिल्यै भन्नुपर्ने थियो ।’


