Breaking News.... EverestOnlineKhabar
July 31, 2026

बसले प्रहरी भ्यानलाई ठक्कर दिँदा इन्सपेक्टरसहित पाँचजना घाइते

Loading

२०७६ माघ १५, मकवानपुर । हेटौंडामा प्रहरीको भ्यानलाई बसले ठक्कर दिँदा पाँच जना घाइते भएका छन् । गाँँजा तस्करीमा संलग्नलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय आउने क्रममा ना १ झ १४१७ नम्बरको भ्यानलाई हेटौंडा १० राप्तीपुलस्थित सडकमा अनियन्त्रित हुँदै हेटौंडाबाट काँकडभित्ता जाँदै गरेको ना ५ ख ५५८२ नम्बरको बसले ठक्कर दिएको हो । दुर्घटनामा प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारी, प्रहरी हवल्दार नार बहादुर राई, सुक्रराज खत्री, प्रहरी जवान समुन्द्र श्रेष्ठ, सुरेश कुमाल र गाँजा तस्करमा संलग्न भारत घर भएकी जाहेरा खातुन घाइते भएका छन् । घाइतेहरूको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.