![]()
२०७६ माघ १३, काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले साँघुरो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार पुलिसले एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । विभागीय डर्बी भिडन्तमा पुलिसलाई जित दिलाउन कप्तान भोला नाथ सिलवालले निर्णायक गोल गरे । खेलको १३ औं मिनेटमा भोलाले पेनाल्टीमा गोल गर्दै पुलिसलाई तीन अंक दिलाएका हुन् ।
यस्तै खेल सकिएपछि एपीएफका सुदिप शिख्राकारले रातो कार्ड पाएका थिए । रेफ्री प्रकाश नाथ श्रेष्ठलाई अभद्र व्यवहार गरेपछि उनले रातो कार्ड पाएका हुन् । खेलमा पुलिसका सौजन राई म्यान अफ दि म्याच चुनिए । एपीएफलाई पराजित गरेसँगै पुलिस लिगको पाँचौं स्थानमा उक्लिएको छ । पुलिसले ९ खेलमा १४ अंक जोडेको छ । पराजित एपीएफ ९ खेलमा ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।


