Breaking News.... EverestOnlineKhabar
September 26, 2026

Loading

२०७६ माघ १३, काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरु कुटाकुटमा उत्रिएका छन् । सोमबार(आज) दिउँसो पार्टी कार्यालय सानेपामा विद्यार्थी नेताहरुबीच झडप भएको हो । पार्टी सभापति शेरबहादुर देउवा कार्यालय प्रवेश गर्ने क्रममा नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले अवरोध सिर्जन गरेपछि संस्थापन समूहसँग हात हालाहाल भएको थियो । पार्टीको संस्थापन पक्षले विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै विरोध प्रदर्शन गरिरहेका कुन्दनराज काफ्ले समूहमाथि हातपात र आक्रमण भएको उक्त समूहले दाबी गरेको छ ।

पूर्व महामन्त्री काफ्ले भाषण गर्दै गर्दा संस्थापन पक्षका विद्यार्थीले गमला प्रहार गरेको आरोप काफ्ले समूहले लगाएको छ । गमलाले लागेर केही विद्यार्थी समेत घाइते भएका छन् । तर संस्थापन पक्षले भने सामान्य विवाद भएको दाबी गरेको छ । लामो समयदेखि काफ्ले नेतृत्वको समूह पार्टी कार्यालयमा रिले अनसनमा समेत बसेको छ । नेविसंघको विधानमा केन्द्रीय पदाधिकारी ३२ वर्ष भन्दा माथिको व्यक्ति हुन नहुने उल्लेख छ । तर संस्थापन पक्ष र अनन्तुष्ट पक्षले विधान विपरित बढी उमेरका नेतालाई अध्यक्ष बनाउन लागेपछि तनाव भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed