Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

२०७६ माघ १३, काठमाडौँ – नवनिर्वाचित सभामुख अग्नि सापकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सापकोटालाई राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् । सापकोटा आइतबार प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । शपथ ग्रहणपछि सापकोटाले सोमबार नै कार्यकक्षमा पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ ।

यसैविच, नवनिर्वाचित सभामुख सापकोटाले आफ्नो विरोधमा भइरहेको प्रदर्शनलाई लोकतन्त्रको अंगको रुपमा लिएको बताएका छन् । राष्ट्रपति निवास शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएसँगै संसद सचिवालयमा रहेको कार्यकक्षमा पदभार ग्रहण गरेपछि सभामुख सापकोटाले नागरिक समाजका तर्फबाट भएको प्रदर्शनबारे भने, ‘लोकतन्त्रमा विरोध भइरहन्छ । यसलाई अन्यथा लिएको छैन ।’

हत्या अभियोगबारे सभामुख सापकोटाले भने, ‘यो विषय सर्वोच्च अदालतमा विचाराधिन छ, अदालतमा रहेको विषयमा नबोलौँ ।’ यस्तै एमसिसीलाई अध्ययन गर्नु पर्ने बताएका उनले त्यसबारे विस्तृतमा बताएनन् । उनले कारागार ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयकलाई संसद बैठकमा पेश गर्ने निर्णय गरेर पदभार ग्रहण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed