![]()
२०७६ माघ १२, रौतहट । चन्द्रनिगाहपुरको गौर सडकखण्डमा शंकास्पद बस्तु फेला परेको छ । ग्लोबल आइएमई बैंक अगाडि सडकमा एउटा कालो खैरो रंगको ब्याग र सेतो बोरा देखिएपछि त्यसमा बम रहेको आशंका गरिएको छ । प्रहरीका अनुसार बम डिस्पोजल टोली उक्त स्थानमा जाँदैछ । उक्त टोली आएपछि झोलामा के छ भन्ने पत्ता लाग्ने ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।


