![]()
२०७६ माघ ०८, विरगञ्ज । वीरगञ्जमा रहेको नेशनल ट्रेडिंगको गोदाममा मंगलबार साँझ आगलागी भएको छ । शंकराचार्य गेट नजिकै भन्सारमा रहेको नेशनल ट्रेडिंगको पुरानो गोदामघरमा आगलागी भएको हो । आगोलाई वीरगञ्ज महानगरपालिकाका २ वटा दमकल नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियबासीले निभाएको वीरगञ्ज महानगरपालिका दमकल शाखाका प्रमुख शेर बहादुर कार्कीले जानकारी दिए ।
विजुली सर्ट हुँदा सो आगलागी भएको हो । आगलागीबाट गोदाममा भएका सामान जलेर नष्ट भएका छन् । गोदाममा काम नलाग्ने सामानहरु भण्डारण गरेर राखिएको थियो । घटनामा कुनै मानविय क्षति भएको छैन । करिब ७ बजेर ३५ मिनेटमा सुरु भएको आगलागीलाई करिब ९ बजेतीर पूर्णरुपमा निभाइएको थियो ।


