Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

२०७६ माघ ०८, गोरखा । ६ सय ग्राम गाँजासहित गोरखाबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अजिरकोट गाउँपालिका वडा नम्बर ५ रातामाटाबाट काभ्रे दाप्चा नगरपालिका वडा नम्बर ४ का १९ वर्षीय सागर तामाङ र चितवन भरतपुर महानगरपालिका गितानगरका २४ वर्षीय गणेश भुजेललाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरीले उनीहरूको शरीर चेकजाँच गरी गाँजा बरामद गरेको हो । उनीहरूलाई बुधबार लागूऔषध गाँजाअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed