Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

२०७६ माघ ०५, सिन्धुपाल्चोक । नगरपालिकाले अतिक्रमित घर–टहरा भत्काएको विरोधमा प्रदर्शन भएपछि प्रशासनले सिन्धुपाल्चोकको बाह्रबीसेमा निषेधाज्ञा जारी गरेको छ । शुक्रबार बजार क्षेत्रमा अनधिकृत रूपमा बनाइएका घर तथा टहरा बाह्रबीसे नगरपालिकाको अग्रसरतामा भत्काइएको थियो । विरोधका बीच नगरपालिकाले अनधिकृत घर–टहरा भत्काएपछि बाह्रबीसेमा प्रदर्शन भएको थियो । नगरपालिकाको कदमबाट रुष्ट प्रदर्शनकारीले शनिबार नगरपालिका कार्यालयमा तालाबन्दी गर्नुका साथै गमलालगायतमा तोडफोड गरेका थिए ।

स्थानीयको प्रदर्शनले हुलदंगा र अशान्ति हुने देखिएपछि त्यसो हुन नदिन आइतबार बिहान ८ बजेबाट साँझ ५ बजेसम्मका लागि बाह्रबीसे बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले निकालेको सुचनामा बाह्रबीसे बजारबाट ३ सय मिटर पूर्व र पश्चिममा भोटेकोसी खोला (पुल राम्चे) सम्म निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

प्रशासनले उत्तरमा इलाका प्रहरी कार्यलय बाह्रबीसे नगरपालिका ४ र बाह्रबीसे बजारबाट पिस्कर र क्षमादेवी जानेबाटोको सुनकोसीसम्म पनि आइतबार बिहान ८ बजेदेखि ५ बजेसम्म प्रदर्शन र भेला गर्न निषेध गरेको छ । अवैध संरचना हटाउने नगरपालिकाको निर्णयको विरोधमा प्रदर्शन भएपछि सहमति कायम गर्न जिल्लाका जनप्रतिनिधि, प्रशासनले प्रयास थालेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed