Breaking News.... EverestOnlineKhabar
April 21, 2026

जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

Loading

२०७६ माघ ०५, लहान– पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वामा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जन्ती लिएर जाँदै गरेको स १ त ६५६० नम्बरको ट्रयाक्टर शनिबार दिउँसो दुर्घटना हुँदा ट्र्याक्टरमा सवार सिरहाको लहान नगरपालिका–१३ निवासी २१ वर्षीय सन्तोषकुमार यादव र धनगढी नगरपालिका–१२ निवासी २२ वर्षीय श्रीप्रसाद मण्डलको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए।

दुवै जनालाई उपचारको लागि लहानस्थित अस्पताल ल्याउँदै गरेको अवस्थामा बाटोमै मृत्यु भएको उनले जानकारी दिए । मृतक दुवैको शव लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको र घाइतेको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बाख्रालाई जोगाउने क्रममा ट्र्याक्टर अचानक अनियन्त्रित भई दुर्घटनामा परेको स्थानीयवासीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed