Breaking News.... EverestOnlineKhabar
July 22, 2026

Loading

२०७६ माघ ०३, काठमाडौँ । विमानस्थल सुरक्षा जाँचमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठले आफूलाई गायिका अस्था राउतले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दर्ता गराएकी छन् । उनले विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा गायिका राउतविरुद्ध उजुरी दिएकी हुन् । राउतले विमानस्थलमा सुरक्षा जाँचमा खटिएकी महिला प्रहरीले आफूलाई दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेकी थिइन् । उनले आफूलाई महिला प्रहरीले तँ भनेको भन्दै भिडियोमा आक्रोश व्यक्त गरेकी थिइन् । प्रहरी जवान श्रेष्ठले गायिका राउतले आफू ड्युटीमा रहेको अवस्थामा गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed