Breaking News.... EverestOnlineKhabar
April 20, 2026

‘गंगुबाई काठियावाडी’मा ‘माफिया क्विन’ आलिया, फस्टलुक सार्वजनिक

Loading

चलचित्र ‘इन्साअल्ला’ निर्माण नहुने भएपछि निर्देशक संजयलिला भन्सालीका फ्यानहरुका लागि उनको नयाँ चलचित्रको प्रतिक्षा खुबै थियो । उनै, संजय यतिबेला नायिका आलिया भट्टलाई मुख्य भूमिकामा राखेर ‘गंगुबाई कठियावाडी’ निर्देशन गर्दैछन् । यो चलचित्रको फस्टलुक सार्वजनिक गरिएको छ । चलचित्रको फस्टलुकमा नायिका आलिया भट्टलाई ‘माफिया क्विन’को रुपमा प्रस्तुत गरिएको छ ।

भन्साली ऐतिहासिक तथा फरक कथामा चलचित्र निर्माण गर्न माहिर छन् । यो चलचित्रको कथा हुसेन जैदीको ‘माफिया क्विन अफ मुम्बइ’ नोबेलमा आधारित रहेको छ । चलचित्रको फस्टलुकसँगै यसको प्रदर्शन मिति पनि तय गरिएको छ । यो चलचित्र सेप्टेम्बर ११ तारिखबाट रिलिज हुने यसको निर्माणपक्षले बताएको छ । बलिउडमा आफ्नो दमदार अभिनयका कारण आलिया भट्ट सधै चर्चामा छिन् । यो चलचित्र उनको करिअरका लागि अर्को कोशेढुंगा हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed