Breaking News.... EverestOnlineKhabar
July 29, 2026

उडिरहेको जहाजले स्कुलमा इन्धन खसाल्दा विधार्थीहरु घाइते

Loading

यात्रु विमानले अमेरिकाको लस एन्जलसमा आपतकालीन अवतरण गरेको छ । सो विमानले स्थानीय विद्यालयको खेल मैदानमा आफ्नो इन्धन खसालेको थियो । विमानले खसालेको इन्धनका कारण कम्तिमा १७ बालबालिका तथा अरु धेरै वयश्कहरुमा छाला तथा स्वासप्रस्वास सम्बन्धी समस्या देखिएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आपतकालीन अवतरणको क्रममा इन्धन खसेको हुन सक्ने जनाइएको छ । लस एन्जलस अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट उडेको डेल्टा एयरको विमान इन्जिनमा समस्या देखिएपछि उडेकै विमानस्थलमा आपतकालीन अवतरण गरेको थियो । सो विमानले लस एन्जलस विमानस्थ्लबाट २६ किलोमिटर पर कुडाहीमा रहेको पार्क एलिमेन्ट्री स्कूलमा इन्धन खसालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.