Breaking News.... EverestOnlineKhabar
September 27, 2026

Loading

२०७६ पुस २७, झापा । महान्यायधिवक्ता अग्निप्रसाद खरेलले चिकित्सकले सही प्रतिवेदन नलेखिदिँदा गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा ढिलो हुने र अपराध गर्नेले उन्मुक्ति पाउने बताएका छन् । झापाको बिर्तामोडमा जिल्ला प्रहरी कार्यालय झापा र जिल्ला सरकारी वकिलको कार्यालयले संयुक्त रुपमा आयोजना गरेको ‘कानूनी चिकित्सा र विद्यमान कानूनी व्यवस्थाबारेमा सरोकार पक्षसँगको अन्तरक्रियामा उनले घटनाको प्रकृतिलाई राम्रो अध्ययन र प्रयोगशाला जाँच गरेर प्रतिवेदन नदिए अपराध गर्नेले उन्मुक्ति पाउने बताए ।

‘मैले चिकित्सकहरुलाई दुरुत्साहन र हतोत्साही गर्न चाहेको होइन बरु प्रोत्साहन गर्न खोजेको हुँ’, उनले भने, ‘जुन घटनाको लागि टेस्ट गर्न पठाइएको हो त्यसको बारेमा राम्रो जाँच गरेर जे देखिन्छ त्यहीसर्वसाधारणले बुझ्ने अक्षरमा लेखिदिनुस् ।’ उनले हत्या, बलात्कार, आत्महत्या जुनसुकै घटनाको परीक्षण गर्दा पनि यथार्थ प्रतिवेदन आएमा घटनाको सही पहिचान गरेर कानूनअनुसार अभियुक्तलाई दण्ड दिन सकिने बताए । महान्यायधिवक्ता खरेलले सरकारी वकिल, अनुसन्धान गर्ने अधिकारी र प्रहरीले पनि घटनाको विवरणअनुसारको सही जाँचका लागि चिकित्सकलाई सिफारिस गर्न आग्रह गरे ।

उनले कतिपय घटनालाई प्रभावित पार्ने खालको समाचार सम्प्रेषण नगरी दिन पत्रकारलाई आग्रह गर्दै मिडियाले घटना सार्वजनिक गर्ने मात्र हो अनुसन्धान र कारवाही गर्ने काम प्रहरी र सरकारको भएको बताए । राजनीतिक दल, पत्रकार र सामाजिक सञ्जाल चलाउनेहरुले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनाबारे अनावश्यक गिजोलिरहेका कारण अनुसन्धान प्रभावित भएको आरोप लगाए । महान्यायधिवक्ताको कार्यालय काठमाडौंँका सहन्यायधिवक्ता लोकराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा.हरिहर वस्ती, डा.अर्चना चौधरीलगायतले सहजीकरण गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed