Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ पुस २७, काठमाडौँँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले राजीनामा गर्न गरेको आग्रह उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले आइतबार पनि अस्वीकार गरेकी छन् । स्रोतका अनुसार नेकपा सचिवालयले शनिबार बेलुका उनलाई राजीनामा गर्न लगाउने निर्णय गरे पनि ओली र दाहालको आग्रह पनि डा. तुम्बाहाङ्फेले अस्वीकार गरेकी हुन् । यसअघि पनि ओली र दाहालले उनलाई राजीनामा गरेर सभामुखका लागि मार्ग प्रसस्त गर्न आग्रह गरेका थिए ।

आइतबार बिहानको बैठकमा उपसभामुख तुम्बाहाङ्फेले नेकपा सचिवालय बैठकले आफूलाई राजीनामा दिन लगाउने निर्णय गरेकोबारे प्रश्न उठाउँदै ‘पार्टीले उपसभामुखलाई राजीनामा देऊ’ भन्न नमिल्ने बताएको स्रोतले जानकारी दियो । डा. तुम्बाहाङ्फेले राजीनामा गर्न अस्वीकार गरेपछि आइतबारको संसद बैठक माघ ६ गतेका लागि सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed