Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

२०७६ पुस २७, हेटौडा । प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा कायम भएको छ । आइतबार बसेको प्रदेशसभाको बैठकको दुई तिहाइभन्दा बढी मतले प्रदेशको राजधानी र नाम टुंगो लगाएको हो । प्रदेशसभा सुरु भएको दुई वर्षपछि सत्तारुढ नेकपाको सचिवालयको कडा निर्देशनपछि प्रदेशसभाले हेटौंडालाई स्थायी राजधानी बनाउने निर्णय लिएको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलले हेटौडालाई राजधानी र नाम बागमती राख्न गरेको प्रस्तावको पक्षमा प्रदेश ३ का १०५ जना सदस्यले मतदान गरेका छन् । ३ जना सदस्यले हेटौडाको विपक्षमा मतदान गरेका छन् । प्रदेशसभाका ११० जना सदस्यमध्ये १०८ जना मतदानमा उपस्थित थिए । बैठकमा धुलिखेललाई प्रदेश राजधानी बनाउन गरेको प्रस्तावको पक्षमा जम्मा ३ मत मात्र परेको छ । विपक्षमा १०१ मत परेपछि धुलिखेलाई राजधानी बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed