Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

२०७६ पुस २७, जाजरकोट । जाजरकोटमा एक जना प्रहरी हबल्दारले आफैँलाई गोली हानेर आइतबार बिहान ७ बजेतिर आत्महत्या गरेका छन् । बाजुरा जिल्ला स्थायी घर भएका प्रहरी हबल्दार भोजबहादुर कठायतले आफैँलाई गोली हानी आत्महत्या गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनि चार महिनादेखि नलगाड नगरपालिका वडा नं ७ को इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत थिए । घुमुवा प्रहरीको रुपमा कार्यरत ३५ वर्षीय कठायतले किन आत्महत्या गरे भन्नेबारे केही खुलेको छैन । घटनाबारे छानविन गर्न टोली परिचालन गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed