Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

सागर भट्टराई

२०७६ पुस २४, मोरङ – बालिकामाथि बलात्कार गरेको अभियोग लागेका एक व्यक्ति पक्राउ परेका छन् । दुई वर्षअघि बालिकामाथि बलात्कार गरेको अभियोगमा साढे दुई वर्ष कैद सजाय फैसला भएका अभियुक्त फरार थिए । सर्वोच्च अदालतले २ वर्ष ६ महिना कैदको सजाय फैसला गरे पनि फरार रहेका मोरङ कानेपोखरी गाँउपालिकाका यामबहादुर सार्की पक्राउ परेका हुन् । फरार रहँदै आएका २४ वर्षीय सार्कीलाई ईलाका प्रहरी कार्यालय पथरीको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले घटनाका अभियुक्तलाई कानेपोखरीस्थित चिसाङ खोलामा बालुवा लोड गरिरहेको अवस्थामा पक्राउ गरेको थियो । खोलामा बालुवा लोड गर्दै गर्दा प्रहरी देखेर भाग्ने क्रममा सार्कीलाई पक्राउ गरिएको हो । मोरङ पथरीस्थित ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दीलिप गिरीका अनुसार २०७५ साल असार २६ गते सर्वोच्चले फैसला सुनाएका अभियुक्ता फरार रहँदै आएका थिए । प्रहरीका अनुसार, पक्राउ गरिएका सार्कीलाई विहीबार जिल्ला अदालत मोरङमा पेश गरिएको थियो । सो क्रमाम अदालतले सार्कीलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed