Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

सागर भट्टराई
२०७६ पुस २४, वीरगञ्ज – लागुऔषध गाँजा र चरेश मुद्दामा अदालतबाट सजाय पाएर फरार रहँदै आएका एक कसुरदार १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगपालिका वडा नम्बर २ बस्ने ४८ वर्षे उमाशंकर वर्णवाल रहेका छन् । पक्राउ परेका वर्णवाललाई जिल्ला अदालत पर्साले २०६२ साल असार २८ गतेको फैसलाले लागुऔषध गाँजा–चरेश मुद्दामा ४ वर्ष ५ महिना कैद र २५ हजार जरिवाना तोकेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोली उनलाई आफ्नै गाउँघरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका वर्णवाललाई आवशयक कारवाहीको लागि जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed