Breaking News.... EverestOnlineKhabar
June 5, 2026

समयसीमा भित्र काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाही हुन्छ ः मन्त्री नेम्वाङ

Loading

२०७६ पुस २४, पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले संशोधित सार्वजनिक खरीद नियमावलीअनुसार काम नगरे निर्माण व्यवसायीलाई कारवाही गरिने बताएका छन् । उनले भने,“ठेकेदारहरु सुध्रिने मौका दिनेगरी सरकारले नियमावलीको संशोधन गरेको हो । अगामीदिनमा समयसीमाभित्र काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गरिने छ । ”

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री नेम्वाङले रुग्ण आयोजनाहरुको छिटो निर्माणका सम्पन्न गर्न सरकारले उच्च प्राथमिकता जानकारी दिए । “ ठूला पूर्वाधारका आयोजना निर्माण गर्न निर्माण कम्पनी र सरकारी निकायलाई उत्तिकै जिम्मेवार बनाइने उल्लेख गर्दै मन्त्री नेम्वाङले भने,“समयमा बजेट निकासा नहुने, स्थानीयस्तरमा अवरोध हुनेजस्ता समस्या समाधानका मन्त्रालयको विशेष ध्यान दिएको छ । ” उनी पुष्पलाल (मध्यपहाडी) लोकमार्गलगायत पूर्वी पहाडका विकास आयोजनाको स्थलगत अनुगमनका क्रममा यहाँ आएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed