Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ पुस २१, काठमाडौं । अब सवारी चालकले जुत्ता लगाएर मात्र गाडी चलाउने भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा सञ्चालित यात्रुबहाक बसका चालकसँग गरेको छलफलमा जुत्ता लगाएर मात्र गाडी चलाउने प्रतिवद्धता व्यक्त गरिएको हो । जुत्ता नलगाइ सवारी चलाउनु पनि दुर्घटनाको एउटा कारण भएको भन्दै ट्राफिक प्रहरीले अनिवार्य रुपमा जुत्ता लगाउन आग्रह गरेको थियो ।

योसहित १९ बुँदे प्रतिबद्धता व्यक्त भएको महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाल बताउँछन् । ढकाल भन्छन्, ‘पैतालामा पसिना आउने हुँदा ब्रेक लगाउने वेला चप्पल चिप्लिन्छ । अलिकति चिप्लिने वित्तिकै मनस्थितिले काम गर्दैन । त्यही भएर यो प्रतिबद्धता गराइएको हो ।’ उनका अनुसार प्रतिबद्धता पालना भएरनभएको विषयमा अनुगमनका लागि प्रहरी उपरीक्षक (एसपी) राजकुमार वैदवारको नेतृत्वमा यातायात व्यवसायी, मजदुर, कम्पनीरप्रा.लि.का प्रतिनिधिसहित ८ सदस्यीय अनुगमन समिति पनि गठन गरिएको छ । ढकालले १७ पुसमा भाडाका सार्वजनिक सवारीसाधानको अनुगमन गरेपछि व्यवसायीसँग यो प्रतिवद्धता गराइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed