![]()
२०७६ पुस १५, काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबविरुद्ध जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा जावलाखेलले च्यासललाई २–० गोल अन्तरले पराजित गरेको हो । जावलाखेललाई जित दिलाउन रुप बहादुर लामा र विजय घलानले एक एक गोल गरे ।
च्यासललाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको जावलाखेलले दोस्रो हाफमा दुई गोल गरेको थियो । खेलको ८१ औं मिनेटमा रुप बहादुरले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि ८३ औं मिनेटमा विजयले गोल गर्दै जावलाखेललाई २–० को जित दिलाए । जितसँगै जावलाखेल लिगको तेस्रो स्थानमा उक्लिएको छ । जावलाखेलले ४ खेलमा ८ अंक जोडेको छ । च्यासल ४ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।


