![]()
२०७६ पुस १३, काठमाडौं । जन्म कुण्डलीमा राहु र केतुको विशेष स्थितीमा बन्ने कालसर्प योग यस्तो दोष हो, जुन जन्म पूर्वको कुनै जघन्य अपराध वा पापका कारण हुने विश्वास गरिन्छ । यी दोषका कारण मानिसलाई यस जन्ममा विभिन्न पीडा तथा बाधाहरु आउने गर्दछन् ।
कालसर्प दोष छ भने यी उपाय अप्नाउनुहोस ः
शिवलिंगमा हरेक दिन जल चढाउनुहोस् । त्यस्तै पञ्चमीमा ब्रत राखेर शिवलिंगको रुद्राभिषेक गर्दा पनि कालसर्प दोष हराउने गर्दछ । मयूरको पंखा सधै आफ्नो घरमा राख्नुहोस् । कुल देवताको उपासना गर्नुहोस् वा हनुमान मन्दिरमा हरेक मंगलबार र शनिबार बत्ति बाल्नुहोस् । हनुमान चालिसाको १०८ पटक जप गर्नुहोस् ।


