![]()
२०७६ पुस १३, काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले प्रदेश नम्बर तीनको नाम बाग्मती राख्ने निर्णय गरेको छ । आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रदेश तीनको नाम बाग्मती र राजधानी हेटौडा राख्ने सहमति गरेको हो । बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।
‘प्रदेश नम्बर तीनको नाम बाग्मती राख्ने बारेमा सहमति भएको छ’ नेकपाका एक सचिवालय सदस्यले भने,‘राजधानी अहिले हटौंडामा छ त्यसलाई नचलाउने कुरा भएको छ ।’ राजधानीको विषयमा विवाद देखिएपछि प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए । प्रदेश ३ मा नेकपाको बहुमत भएपनि दुई वर्षदेखि नाम र प्रदेश राजधानीको बारेमा सहमति जुट्न सकिरहेको थिएन ।


