Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७६ पुस ११, काठमाडौँ – सत्तारुढ नेकपामा सभामुख चयनको विषय पेचिलो बनेपछि आज (शुक्रबार) बस्ने भनिएको संसद बैठक स्थगित भएको छ । आज दिउँसो एक बजेका लागि बोलाइएको बैठक आगामी पुष १६ गते दिउँसो एक बजेसम्मका लागि स्थगित भएको हो । आजको बैठकमा सभामुख चयनको प्रक्रिया सुरु हुने कार्यतालिका थियो । तर सत्तारुढ नेकपाले सभामुख कसलाई बनाउने भन्ने टुंगो लगाउन नसकेका कारण सूचना टाँस गरेर संसद बैठक स्थगित भएको हो ।

सभामुखका लागि नेकपाभीत्र पूर्व एमाले र पूर्व माओवादी खेमाले दाबी प्रस्तुत गरेका छन् । तर उपसभामुख तुम्वाहाम्फेले आफूलाई सभामुख बनाउने भए मात्रै राजीनामा दिने अडान लिएपछि सहमति जुट्न सकेको छैन । सभामुख चयनबारे नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अहिले बालुवाटारमा बैठक बसिरहेको छ । यता उपसभामुख शिवमाया तुम्वाहाम्फेले सत्तारुढ नेकपाका प्रमख सचेतक देव गुरुङ र प्रमुख विपक्षी नेपाली कांग्रेसका सचेतक बालकृष्ण खाँणसँग छलफल गरिरहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed