![]()
२०७६ पुस ११, काठमाडौँ – काठमाडौँको तारकेश्वरमा फोहर बोकेको टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ । कीर्तिपुरबाट फोहोर बोकेर गइरहेको ना २ क ३३८ नम्बरको टिपर अनियन्त्रित भएर पल्टिएको बालाजु प्रहरीले जनाएको छ । मृत्यु हुनेमा हेटौडा घर भई खशीबजार कलंकी बस्ने चालक माइला लामा र धादिङको गल्छी घर भएका सहचालक कमल लामा रहेको बालाजु प्रहरी वृत्तका डीएसपी रञ्जितसिंह राठोरले जानकारी दिए । दुवैजनाको टिपरमा च्यापिएर मृत्यु भएको हो ।


